नियम १०
छात्रवृत्तिमा अध्ययन गर्ने क्याडेटलाई सैनिक सेवामा नियुक्ति सम्बन्धी व्यवस्था
(१) सैनिक प्राबिधिक सेवाका समूहलाई उपयोगी र आवश्यक पर्ने विषयमा स्वदेश वा विदेशमा अध्ययनको लागि नेपाली सेनालाई प्राप्त छात्रवृत्तिको कोटामा नेपाली सेनाले तोकेको बोर्डद्वारा छनौट गरी नेपाल सरकारको स्वीकृति लिई अध्ययनको लागि पठाउन सकिनेछ ।
(२) प्राविधिक सेवाको विभिन्न समृहमा प्राप्त छात्रवृत्ति कोटा अनुसार छनौट भएका व्यक्तिलाई एम.बि.बि.एस., बि.डि.एस., बि.फार्मेसी, बि.इ., बि.टेक. इत्यादि परीक्षा उत्तीर्ण गरेको मितिदेखि अस्थायी प्राविधिक उपसेनानी पदमा आयुक्त पद प्रदान गर्न सकिनेछ र नेपाल सरकारको मान्यता प्राप्त सम्बन्धित विषयगत परिषद्मा दर्ता भएपछि प्राविधिक उपसेनानी दर्जामा आयुक्त पद प्रदान गर्न सकिनेछ ।
(३)अधिकृत क्याडेटमा छुनौट भई छात्रवृत्तिमा प्राविधिक सेवा अन्तर्गतको बिषयहरुमा अध्ययन गर्न गएका व्यक्तिले निवृत्तभरण प्रयोजनको लागि मात्र अधिकृत क्याडेट छनौट भएको मितिदेखिको अवधिलाई प्राविधिक सेवामा जोडी निवृत्तभरण प्राप्त गर्न सक्नेछ । (४) यस नियम बमोजिम अध्ययनको लागि प्राप्त छात्रवृत्तिमा छनौट भएका व्यक्तिलाई पदपूर्ति _ समितिले सैनिक सेवाको रिक्त पदमा स्थायी नियुक्तिको लागि सिफारिस गर्दा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न अपनाइने प्रक्रिया पूरा गरी सिफारिस गर्नुपर्नेछ ।